कर्णाली भ्रमणमा प्रधानमन्त्री कार्की, निर्वाचन सफल बनाउनने कर्मचारी-सुरक्षाकर्मीलाई धन्यवाद ज्ञापन
भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की कर्णाली प्रदेशको औपचारिक भ्रमणमा रहेकी छन् । भ्रमणका क्रममा उनले हालै सम्पन्न निर्वाचन सफल बनाउन योगदान पुर्याउने कर्मचारी, सुरक्षाकर्मी तथा स्थानीय बासिन्दाप्रति धन्यवाद व्यक्त गरेकी छन् ।
प्रधानमन्त्रीले निर्वाचन व्यवस्थापन, सुरक्षा संयोजन र स्थानीय तहको सहकार्यले समग्र प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको उल्लेख गर्दै सम्बन्धित सबै पक्षको भूमिकाको प्रशंसा गरिन् । भ्रमण तालिकाअन्तर्गत उनले रारा ताल क्षेत्रको अवलोकनसमेत गरेकी छन् । प्राकृतिक सौन्दर्य र पर्यटकीय सम्भावनाको दृष्टिले महत्वपूर्ण मानिने उक्त क्षेत्रको प्रवर्द्धनमा सरकार प्रतिबद्ध रहेको सन्देशसमेत दिएकी छन् ।