इरानमा प्रहरी हत्या आरोपमा तीन जनालाई मृत्युदण्ड

अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार ती तीन जनालाई जनवरी महिनामा भएका सरकारविरोधी प्रदर्शनका क्रममा दुई प्रहरी अधिकारीको हत्या गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको हो ।

काठमाडौँ । इरानमा प्रहरी हत्या आरोपमा तीन जनालाई मृत्युदण्ड दिइएको छ । अन्तर्राष्ट्रिय सञ्चारमाध्यम अल जजीराले इरानी सञ्चारमाध्यमलाई उद्धृत गर्दै जनाएअनुसार ती तीन जनालाई जनवरी महिनामा भएका सरकारविरोधी प्रदर्शनका क्रममा दुई प्रहरी अधिकारीको हत्या गरेको आरोपमा दोषी ठहर गर्दै मृत्युदण्ड दिइएको हो ।

यस वर्षको सुरुवातमा इरानभर ठूला प्रदर्शन भएका थिए, जसमा व्यापक हिंसा भएको थियो । विभिन्न सञ्चारमाध्यमका अनुसार ती प्रदर्शनका क्रममा करिब ३ हजार ११७ जनाको मृत्यु भएको बताइएको छ ।

तर ह्युमन राइट्स एक्टिभिस्ट्स न्यूज एजेन्सीका अनुसार वास्तविक संख्या अझ बढी हुन सक्ने उल्लेख गरिएको छ । उक्त संस्थाले अहिलेसम्म ६ हजार ८५४ जनाको मृत्यु पुष्टि भएको र ११ हजारभन्दा बढी घटनाको अनुसन्धान अझै जारी रहेको जनाएको छ ।