काठमाडौंमा भोलिदेखि फोर्थिङ ईभीको एक्सचेन्ज फेस्ट, ७ लाख सम्मको विशेष लाभ पाइने

फोर्थिङ फ्राइडे ईभी खरिदमा ग्राहकले यो विशेष अफरअन्तर्गत ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यस अफरमा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन, नयाँ गाडी खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राका लागि अटो प्लस इन्स्योरेन्स सुविधा समावेश गरिएका छन् ।

काठमाडौं– फोर्थिङ ईभीको नेपालका लागि आधिकारिक बिक्रेता लक्ष्मी ई–मोबिलिटी प्रालिले आफ्नो प्रिमियम इलेक्ट्रिक एसयूभी, फोर्थिङ फ्राइडेका लागि विशेष ‘एक्सचेन्ज फेस्ट’ आयोजना गर्ने भएको छ । काठमाडौंको थापाथलीमा (नेपाल राष्ट्र बैंकको पारी) भोलिदेखि ८ गतेसम्म (२०–२२ मार्च २०२६) संचालन हुने यस कार्यक्रमले ग्राहकलाई दिगो र प्रिमियम इलेक्ट्रिक सवारीमा अपग्रेड हुने उत्कृष्ट अवसर दिने कम्पनीको विश्वास छ ।

फोर्थिङ फ्राइडे ईभी खरिदमा ग्राहकले यो विशेष अफरअन्तर्गत ७ लाख रुपैयाँसम्मको बचत गर्न सक्नेछन् । यस अफरमा एक्सचेन्ज बोनस, पुरानो गाडीको उचित मूल्यांकन, नयाँ गाडी खरिदमा तुरुन्तै प्राप्त हुने आकर्षक नगद छुट, सुरक्षित यात्राका लागि अटो प्लस इन्स्योरेन्स सुविधा समावेश गरिएका छन् ।

त्यसैगरी, कम्पनीले सडक कर व्यवस्था, निःशुल्क स्पेयर टायर र एसी चार्जर, सरप्राइज गिफ्टलगायत सुविधा ग्राहकलाई दिनेछ । फोर्थिङ चिनियाँ सरकारी स्वामित्वको प्रमुख अटोमोबाइल समूह डोङफेङ मोटर ग्रुपअन्तर्गतको सहायक कम्पनी डोङफेङ लिउझोउ मोटरद्वारा सञ्चालित ब्रान्ड हो ।