रास्वपाबाट सांसद बनेपछि निफ्राबाट बाहिरिइन् लिमा अधिकारी, पुर्वाधार विकासका अवरोधहरूको समाधान गर्ने

नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उनी बैंकबाट बाहिरिएकी हुन् ।

काठमाडौं । नेपाल इन्फ्रास्टक्चर बैंक (निफ्रा) को सञ्चालक समिति सदस्यबाट लिमा अधिकारीले राजीनामा दिएकी छिन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वापा)को समानुपातिकतर्फबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएसँगै उनी बैंकबाट बाहिरिएकी हुन् । रास्वपाको केन्द्रीय सदस्यमा रहेकी लिमा खस आर्य क्लस्टरबाट सांसद बनेकी हुन् । 

साढे चार वर्ष निफ्रा सञ्चालक समितिमा काम गरेकी उनी पछिल्लोपटक गत २३ मंसिरमा सातौँ वार्षिक साधारणसभाबाट दोस्रो कार्यकालका लागि सर्वसम्मत निर्वाचित भएकी थिइन् । अधिकारीले आगामी दिनमा नेपालको पूर्वाधार विकासमा देखिएका अवरोधहरूको समाधान गर्ने थुप्रै नीतिगत तथा प्रशासनिक सुधारहरूका लागि पहल गर्ने बताएकी छिन् ।

निफ्राबाट बाहिरिएकी लिमाले सामाजिक सञ्जालमा लेखेकी छिन्, ‘निफ्राले आगामी दिनमा नेपालको आर्थिक रूपान्तरणका लागि अझ ठूला र गौरवशाली आयोजनाहरूमा लगानी भित्र्याउन सफल हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु ।’