राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्श श्रेष्ठ, थिए प्रधानमन्त्री कार्कीका प्रमुख स्वकीय सचिव

श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए । श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।

काठमाडौं । जाँदा जाँदै प्रधानमन्त्री सुशिला कार्कीले राष्ट्रिय प्रकृति संरक्षण कोषको अध्यक्षमा आदर्शकुमार श्रेष्ठ मनोनीत गरेकी छिन् ।

प्रधानमन्त्री एवं कोषका संरक्षक सुशीला कार्कीको प्रमुख स्वकिय सचिव श्रेष्ठलाई आज बसेको मन्त्रिपरिषदको बैठकले आगामी ५ वर्षका लागि मनोनयन गरेको हो ।

यसअघिका अध्यक्ष ऐनबहादुर शाहीले राजीनामा दिएपछि रिक्त पदमा सिन्धुलीका श्रेष्ठलाई मनोनीत गरिएको हो । श्रेष्ठले प्रधानमन्त्रीको सचिवालयमा पत्नी र नातेदारलाई राखेका थिए । श्रेष्ठले पत्नी संगीता श्रेष्ठलाई सहसचिवसरह स्वकीय सहसचिव बनाएको कुरा खुलेपछि प्रधानमन्त्रीको सचिवालयबाट सबै नियुक्तिहरू हटाइएको थियो ।