सहसचिव झलकराम अधिकारीविरुद्ध ७० लाख घुस लिएको भन्दै अख्तियारले हाल्यो मुद्धा, यस्तो छ कनेक्सन
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले घुस लिएको आरोपमा सहसचिव झलकराम अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।
अधिकारी राजस्व अनुसन्धान विभागको महानिर्देशक भएका बेला ७० लाख रुपैंया घुस लिएको अख्तियारको आरोप छ ।
अख्तियारले जारी गरिएको विज्ञप्तिमा भनिएको छ,-राजस्व अनुसन्धान विभागका तत्कालीन महानिर्देशक झलक राम अधिकारीले घुस/रिसवत बुझी लिई सम्पत्ति शुद्धीकरण गरेको भन्नेसमेत व्यहोराको उजुरीको सम्बन्धमा अनुसन्धान हुँदा प्रतिवादी झलक राम अधिकारीले एच.के.इन्टरप्राइजेज प्रा.लि. को राजस्व अनुसन्धान विभागमा रहेको राजस्व चुहावट सम्वन्धी छानबिन तथा राजस्व चुहावट सम्वन्धी अन्य कसुरबाट बच्नको लागि सहजीकरण वापत उक्त एच.के.इन्टरप्राइजेज प्रा.लि. का संचालक श्रीकृष्ण श्रेष्ठ बिज्यूबाट प्राप्त घुस/रिसवत रकम जम्मा रू.७०,००,०००।–(अक्षरेपी सत्तरी लाख) निज प्रतिवादी झलक राम अधिकारीले विकास चापागाई, देवेन्द्र के.सी, रविन्द्र लामिछाने लगायतसँगको मतसल्लाह तथा मिलेमतोमा निजहरूको खाता रहेको ग्लोबल आइएमई बैंक, लुम्बिनी विकास बैंक र लक्ष्मी सनराइज बैंक लगायतका बैक तथा वित्तीय संस्थामा रकम दाखिला गरी गराई तहिकरण गरी घुस रिसवत रकमको स्वरूप परिवर्तन गरी गराई जिल्ला भक्तपुर, थिमी न.पा. साविक वडा नं. १७ (हाल वडा नं.२) स्थित दिव्यश्वरी आयोजना भित्रको कित्ता नं.९९८ क्षेत्रफल १६४.१४ व.मि (०-५-०-२.५९) जग्गा खरिद तथा देवेन्द्र के.सी समेत संचालक रहेको द कुटी रिसोर्टको कर्जा भुक्तानी समेतमा प्रयोग प्रचलनमा ल्याएको तथ्य पुष्टि भएको देखिएको ।