नेप्सेमा सामान्य अंकको वृद्धि, १४ अर्ब ३२ करोडको कारोबार
साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । आज ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
काठमाण्डौ । साताको पहिलो कारोबार दिन आइतबार सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) ४.४५ अंकले बढेर २८२४.९० बिन्दुमा कायम भएको छ । अघिल्लो कारोबार दिन अर्थात् गत साताको बिहीबार भने नेप्से २३.८७ अंकले बढेको थियो । नेप्से सामान्य बढेपनि आज कारोबार रकम भने सामान्य घटेको छ । गत बिहीबार १४ अर्ब ५५ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३५० स्टकको १ लाख २४ हजार ४९० पटकको कारोबारमा १४ अर्ब ३२ करोड ९६ लाख ४ हजार रुपैयाँबराबरको ३ करोड ९५ लाख ४९ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । आज सोलु हाइड्रोपावर र सालपा विकास बैंकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । त्यस्तै, यस दिन होटल फरेष्ट इनको सेयरमूल्य करिब १० प्रतिशत बढेको छ भने ग्रीनलाइफ हाइड्रोपावरको सेयरमूल्य साढे ९ प्रतिशत बढेको छ। कारोबारमा आएको दरमखोला हाइड्रो इनर्जीको सेयरमूल्य यस दिन सर्वाधिक १० प्रतिशत घटेको छ । कारोबार रकमका आधारमा आज घलेम्दी हाइड्रोपावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ८१ करोड १ लाख २१ हजार रुपैयाँबराबरको सेयर किनबेच भएको छ । त्यस्तै, यस दिन रिडी पावर कम्पनीको करिब ६८ करोड रुपैयाँको सेयर कारोबार भएको छ ।
आइतबार कारोबारमा आएकामध्ये १२४ कम्पनीको सेयर मूल्य बढ्दा १३० कम्पनीको घटेको छ । यस्तै, ९ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।