इरानमा मृत्यु भएका बालबालिकाका अभिभावकलाई चीनको २ लाख डलर सहयोग

चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ । चीनको विदेश मन्त्रालयका अनुसार यो सहयोग रेड क्रस सोसाइटीमार्फत इरानी रेड क्रिसेन्ट सोसाइटीलाई उपलब्ध गराइनेछ ।

काठमाडौँ । चीनले इरानलाई दुई लाख अमेरिकी डलर सहयोग दिने घोषणा गरेको छ ।

चीनले दिएको यो रकम युद्धमा मृत्यु भएका विद्यार्थीका अभिभावकको सहयोगका लागि दिने जानकारी दिएको छ । चीनको विदेश मन्त्रालयका अनुसार यो सहयोग रेड क्रस सोसाइटीमार्फत इरानी रेड क्रिसेन्ट सोसाइटीलाई उपलब्ध गराइनेछ । यसबाट मृत्यु भएका विद्यार्थीका परिवारलाई आवश्यक सहायता पुर्‍याइनेछ ।

चीनको विदेश मन्त्रालयका प्रवक्ता गुओ जियाकुनले सामान्य नागरिकलाई लक्षित गरी हुने आक्रमण अस्वीकार्य भएको र युद्धमा नागरिकमाथि आक्रमण गर्नु गलत भएको बताएका छन् ।