६ प्रतिशत बढेपछि सेयर बजार बन्द, नेप्से २८७५ माथी जाँदा कारोबार साढे ५५ करोडमा सीमित

दोस्रो सकारात्मक सर्किटछपछि खुलेको बजार एक मिनेटमा थप एक प्रतिशत अर्थात कुल ६ प्रतिशत बढेपछि सोमबारको कारोबार स्थगित भएको हो । यसअघि पहिलो सर्किटपछि खुलेको सेयर बजार एक मिनेट १५ सेकेन्डमा १३५.७२ अंक अर्थात् ५ प्र्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । अब मंगलबार मात्रै बजार खुल्ने छ ।

काठमाडौं । सेयर बजार मापक नेपाल स्टक एक्सचेन्ज (नेप्से) १६२.९३ अंकले बढेर २८७५.४३ अंकमा चढेको छ । फागुन २१ को निर्वाचनपछि खुलेको पहिलो सेयर कारोबार सोमबार ६ प्रतिशत बढेसँगै बजार बन्द भएको छ ।

दोस्रो सकारात्मक सर्किटछपछि खुलेको बजार एक मिनेटमा थप एक प्रतिशत अर्थात कुल ६ प्रतिशत बढेपछि सोमबारको कारोबार स्थगित भएको हो । यसअघि पहिलो सर्किटपछि खुलेको सेयर बजार एक मिनेट १५ सेकेन्डमा १३५.७२ अंक अर्थात् ५ प्र्रतिशतले बढेर ४० मिनेटका लागि कारोबार स्थगित भएको थियो । अब मंगलबार मात्रै बजार खुल्ने छ । फागुन २१ को निर्वाचनमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रतिनिधिसभामा दुई तिहाई प्रतिनिधित्व गर्ने भएपछि स्थिर सरकारको अपेक्षामा लगानीकर्ता हौसिएका छन् ।

सोमबार ३ मिनेट हाराहारी मात्रै सेयर किनबेच हुँदा धेरै कारोबार हुन सकेन । मूल्यबृद्धिको चटारोले सेयर लगानीकर्ताहरु बेच्न चाँहदाचाहँदै पनि सकेका छैनन् । सोमबार ५५ करोढ ५९ लाख ६३ हजार रुपैयाँबराबरको ११ लाख ४३ हजार ७६७ कित्ता सेयर मात्र किनबेच भएको छ ।

यसअघि निर्वाचनपछिको पहिलो दिनको पहिलो कारोबारको पहिलो मिनेटमा १०८.६ अंक अर्थात् ४ प्रतिशतले बढेर बन्द भएको थियो । यसअघि प्रि ओपन सेसनमा नेप्से ४४.६३ अंकले बढेको थियो । त्यसअघि चुनावको सार्वजनिक विदा अघिको ६ कारोबार दिन लगातार नेप्से बढेको थियो । ६ दिनमा ९७.९२ अङ्कले बढेर नेप्से २७१२.४९ विन्दुमा रोकिएको थियो ।

नेप्से सूचक नियमित कारोबारको पहिलो घण्टामा अर्थात् दिउँसो १२ बजेअघि ४ प्रतिशत घट्यो वा बढ्यो भने २० मिनेटका लागि कारोबार स्थगित हुन्छ । नेप्से दोस्रो घण्टा अर्थात् दिउँसो १ बजेभित्र ५ प्रतिशतले उतारचढाव भएमा दोस्रो सर्किट मानेर ४० मिनेटका लागि कारोबार स्थगित हुन्छ । त्यसपछि नेप्से सूचक ६ प्रतिशतले बढेमा वा घटेमा दिनको बाँकी सबै कारोबार ठप्प हुन्छ । कम्पनीको हकमा भने १० प्रतिशतसम्म घटबढ हुनसक्ने व्यवस्था छ । कम्पनीका हकमा १० प्रतिशत बढ्दा वा घट्दा कारोबार रोकिँदैन तर, त्यसभन्दा बढी घट्ने वा बढ्ने अवस्था सिर्जना हुँदैन ।