बझाङमा एमालेका ऐन महर विजयी

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

बझाङ । प्रतिनिधिसभा सदस्य निर्वाचन अन्तर्गत बझाङबाट नेपाल कम्युनिस्ट पार्टी (एमाले)का उम्मेदवार ऐन महर निर्वाचित भएका छन् । यससँगै सुदूरपश्चिम प्रदेशमा एमालेले आफ्नो खाता खोलेको छ ।

एमालेका केन्द्रीय सदस्य तथा बझाङ जिल्ला इन्चार्जसमेत रहेका महरले कुल १८ हजार ५४३ मत प्राप्त गर्दै विजय हासिल गरेका हुन् । उनका निकटतम प्रतिद्वन्द्वी नेपाली काँग्रेसका प्रकाश रसाइली स्नेहीले १६ हजार ३०४ मत प्राप्त गरेका छन् ।

महरले रसाइलीलाई २ हजार २३९ मतान्तरले पराजित गरेका हुन् ।

यहाँ नेपाल कम्युनिस्ट पार्टी (नेकपा)तेस्रो र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) चौथो स्थानमा रहेका छन्। नेकपाका मीनबहादुर कुँवर ले ९ हजार ७५७ मत प्राप्त गर्दा रास्वपाका शैलेश कुमार सिंह ले ९ हजार २६३ मत प्राप्त गरेका छन् ।

यस निर्वाचन क्षेत्रमा सात जना उम्मेदवार प्रतिस्पर्धामा रहेका थिए। प्रारम्भिक मतगणनादेखि नै अग्रता बनाएका महरले अन्ततः स्पष्ट मतान्तरसहित जित सुनिश्चित गरेका छन् ।