म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन विजयी
पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् । उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् ।
म्याग्दीबाट स्वतन्त्र उम्मेदार महावीर पुन विजयी भएका छन् । पुनले २२ हजार ८५० मत प्राप्त गरेर विजयी भएका हुन् ।
उनका निकटतम प्रतिष्पर्धी नेकपा एमालेका हरिकृष्ण श्रेष्ठले ७ हजार ९१९ मत प्राप्त गरेका छन् । त्यस्तै नेपाली काँग्रेसका कर्ण बहादुर भण्डारीले ६ हजार ६८३ मत प्राप्त गरेका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालयले औपचारिक घोषणा गर्न बाँकी छ । उनी आफ्नो जन्मथलोमा निर्वाचन लड्न आएका थिए । उनले शिक्षा क्षेत्रको सुधारका लागि नीतिगत रुपमा पहल गर्ने मुद्दा अघि सार्दै चुनावमा लड्न आएका हुन् । विदेशमा रहेका नेपाली नागरिकलाई मताधिकारको ब्यवस्था मिलाउने नीति बनाउने उनले प्रतिवद्धतापत्रमा उल्लेख गरेका छन् ।