मतदान उत्साहप्रद, ६० प्रतिशत मत खसेको छः निर्वाचन आयोग
केही ठाउँमा मतदान भईरहेकाले एकिन विवरण आउन भने अझै केही समय लाग्ने भण्डारीले बताए । मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो । उक्त समयमा मतदान स्थल प्रवेश गरिसकेकाहरूले मतदान गर्न पाउनेछन् ।
काठमाडौं । निर्वाचन आयोगले बिहीबार भएको मतदानमा ६० प्रतिशत मत खसेको जनाएको छ ।
निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले ६० प्रतिशत मतदान भएको बिहीबार साँझ आयोजित पत्रकार सम्मेलनमा बताए ।
केही ठाउँमा मतदान भईरहेकाले एकिन विवरण आउन भने अझै केही समय लाग्ने भण्डारीले बताए । मतदानको समय साँझ ५ बजेसम्म निर्धारण गरिएको थियो । उक्त समयमा मतदान स्थल प्रवेश गरिसकेकाहरूले मतदान गर्न पाउनेछन् ।