दोलखामा तनाव, प्रहरीद्वारा हवाई फायर

मतदान प्रक्रिया चलिरहेका बेला राजनीतिक दलका कार्यकर्ताबीच विवाद र झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

दोलखा । मतदानका क्रममा विवाद भएपछि दोलखाको मालु मतदानस्थलमा प्रहरीले हवाई फायर गरेको छ । मतदान प्रक्रिया चलिरहेका बेला राजनीतिक दलका कार्यकर्ताबीच विवाद र झडपको स्थिति सिर्जना भएपछि स्थिति नियन्त्रणमा लिन प्रहरीले हवाई फायर गरेको हो ।

निर्वाचनमा खटिएका कर्मचारीमाथि नै हातपातको प्रयास भएपछि सुरक्षाकर्मीले हवाई फायर गरेको हो ।

अहिले सो क्षेत्रमा थप सुरक्षाकर्मी परिचालन गरिएको र मतदान प्रक्रियालाई पुनः सुरु गर्ने प्रयास भइरहेको छ ।