नेपाल एयरलाइन्सको दमाम र दोहा उडान बुधबार-बिहीबार रद्द

दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत एयरलाइन्सले सचेत गराएको छ ।

काठमाडौं । नेपाल एयरलाइन्सले साउदीको दमाम र कतारको दोहामा निर्धारित उडान रद्द गरेको छ ।

नेपाल एयरलाइन्सले बुधबार एक सूचना प्रकाशित गरी दुई गन्तव्यमा निर्धारित उडानहरू रद्द गरेको जनाएको हो । दुबई, दोहा र दमाममा हुने आगामी दिनको उडान सम्बन्धमा नेपाल एयरलाइन्सको सूचना वा तोकिएको नम्बरमा सम्पर्क गरेर मात्र विमानस्थल आउन समेत कम्पनीले सचेत गराएको छ । खाडीमा युद्ध चर्किएसँगै नेवानिबाहेक अन्य कम्पनीको उडान समेत निरन्तर प्रभावित बनिरहेको छ ।