बक्स अफिसमा 'आ बाट आमा' को एकछत्र राज अन्य चलचित्रले कति कमाए ?

फागुन १० गतेदेखि १६ गते मध्यरातसम्मको बक्स अफिस तथ्याङ्कअनुसार, चलचित्र ‘आ बाट आमा’ले हालसम्म ४ लाख ६१ हजार ५ सय ७२ टिकट बिक्री गर्दै १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ आम्दानी गरेको छ ।

काठमाडौं । चलचित्र विकास बोर्डले बक्स अफिसको आधिकारिक प्रतिवेदन सार्वजनिक गरेको छ । बोर्डका अनुसार हाल नेपालभर प्रदर्शनरत चार चलचित्र ‘आ बाट आमा’, ‘कुमारी’, ‘रमिताको पिरती’ र ‘विगुल’को कारोबार विवरण सार्वजनिक गरिएको हो । फागुन १० गतेदेखि १६ गते मध्यरातसम्मको बक्स अफिस तथ्याङ्कअनुसार, चलचित्र ‘आ बाट आमा’ले हालसम्म ४ लाख ६१ हजार ५ सय ७२ टिकट बिक्री गर्दै १२ करोड २३ लाख ३८ हजार ८ सय २९ रुपैयाँ आम्दानी गरेको छ ।

त्यस्तै, दोस्रो स्थानमा रहेको चलचित्र ‘कुमारी’ले १९ हजार ९ सय ५९ टिकट बिक्री गर्दै ६४ लाख ४८ हजार १ सय २६ रुपैयाँ संकलन गरेको छ । भने चलचित्र ‘रमिताको पिरती’ले हालसम्म ८ हजार ७ सय ३७ टिकट बिक्री गर्दै २८ लाख ६८ हजार १ सय ४३ रुपैयाँ आम्दानी गरेको छ ।

त्यसैगरी, सूचीको अन्तिम स्थानमा रहेको चलचित्र ‘श्री बुकुरो’ले हालसम्म २ हजार ७ सय ७२ टिकट बिक्री गर्दै ९ लाख २८ हजार ८ सय ६० रुपैयाँ ग्रस कलेक्सन गरेको छ ।