५ वायुसेवाका १० उडान रद्द हुँदा १६ सय यात्रु प्रभावित
मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण हवाई उडान बन्द हुदाँ नेपालबाट आइतबार लागि ५ वटा वायुसेवाका १० वटा उडान प्रभावित भएका छन् । यसरी कुल १० उडान प्रभावित हुँदा करिब १ हजार ६ सय यात्रु प्रत्यक्ष रूपमा असरमा परेका छन् ।
काठमाडौं । मध्यपूर्वी क्षेत्रमा बढेको तनावका कारण हवाई उडान बन्द हुदाँ नेपालबाट आइतबार लागि ५ वटा वायुसेवाका १० वटा उडान प्रभावित भएका छन् । यसरी कुल १० उडान प्रभावित हुँदा करिब १ हजार ६ सय यात्रु प्रत्यक्ष रूपमा असरमा परेका छन् ।
प्राधिकरणका अनुसार जजिरा एयरवेजका कुवेत–काठमाडौं–कुवेत दुई उडान प्रभावित हुँदा करिब २५० यात्रु असरमा परेका छन् । एयर अरेबियाका शारजाह–काठमाडौं–शारजाह दुई उडान प्रभावित भई करिब ३०० यात्रु प्रभावित भएका छन् । एयर अरेबिया अबुधाबीका अबुधाबी–काठमाडौं–अबुधाबी दुई उडान प्रभावित हुँदा करिब २८० यात्रु असरमा परेका छन् । कतार एयरवेजका दोहा–काठमाडौं–दोहा दुई उडान प्रभावित भई करिब ४५० यात्रु प्रभावित भएका छन्। फ्लाइ दुबईका दुबई–काठमाडौं–दुबई दुई उडान प्रभावित हुँदा करिब ३२० यात्रु असरमा परेका हुन् ।
प्राधिकरणले हवाई क्षेत्र खुल्ने अवस्थाबारे सम्बन्धित एयरलाइन्ससँग समन्वय भइरहेको जनाएको छ भने यात्रुलाई आफ्नो उडानसम्बन्धी जानकारीका लागि सम्बन्धित एयरलाइन्स वा ट्राभल एजेन्सीसँग सम्पर्क गर्न अनुरोध गरेको छ ।
आइतबारका लागि ४० वटा उडानको तालिका तय भएको छ । यसमध्ये १० वटा उडान रद्द भइसकेको र अन्यको भने नियमित उडान भइरहेको छ ।