श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्सको सीईओमा अनिल जोशी, कार्यकाल चार वर्ष

फागुन १५ गते बसेको सञ्चालक समितिको बैठकले कामु सीईओको जिम्मेवारी सम्हाल्दै आएका जोशीलाई सीईओ नियुक्त गरेको हो । जोशीको कार्यकाल फागुन २३ गतेदेखि लागू हुने छ । कम्पनी सचिव खिम बहादुर कार्कीका अनुसार सीईओ जोशीको कार्यकाल चार वर्षको हुनेछ ।

काठमाडौं । श्री इन्भेष्टमेन्ट एण्ड फाइनान्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा अनिल जोशी नियुक्त भएका छन् ।