शक्ति बस्नेत, निकोलस भूसाल र श्रम संस्कृतिलाई निर्वाचन आयोगले लगायो २५ हजार जरिवाना

मुलकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी, ८२ लाई सोधियो स्पष्टिकरण

आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । आयोगले ८२ जनालाई स्पष्टिकरण सोधिएकोमा ५७ जनाले जवाफ दिएको बताइएको छ ।

काठमाडौं । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता उल्लंघन गर्ने २ उम्मेदवार र एक राजनीतिक दललाई नगद जरीवाना तिराएको छ ।

केन्दीय निर्वाचन आचारसंहिता तथा अनुगमन समितिले नेपाली कम्युनिस्ट पार्टीका उम्मेदवार शक्तिबहादुर बस्नेत, स्वतन्त्र उम्मेदवार डा. निकोलस भूसाल र एक राजनीतिक दल श्रम संस्कृति पार्टीलाई आचारसंहिता उल्लंघन गरेको भन्दै २५ हजार रुपैयाँ जरिवाना तिराउने निर्णय गरेको हो ।

आचारसंहिता उल्लंघन गरेको विषयमा सोधेको स्पष्टीकरण चित्तबुझ्दो नभएपछि आयोगले कारवाही स्वरुप २५ हजार रुपैया जरिवाना तिराउने नर्णय लिएको छ । आयोगमा मुलुकभर ३ सय बढी आचारसंहिता उल्लङ्घनका उजुरी परेका छन् । आयोगले ८२ जनालाई स्पष्टिकरण सोधिएकोमा ५७ जनाले जवाफ दिएको बताइएको छ ।