चुनावका दिन आन्तरिक र वाह्य हवाई उडान सुचारु हुँदा पर्यटक र वैदेशिक यात्रुलाई सहज, बासस्थानदेखि एअरपोर्टसम्म आउनेजाने व्यवस्था एअरलााईन्सले गर्नुपर्ने
आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घररबसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्नुपर्ने छ ।
काठमाडौं । फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका दिन आन्तरिक तथा वाह्य दुवै हवाई उडान यथावत सञ्चालन हुने भएको छ । निर्वाचन सुरक्ष तथा मतदान प्रक्रियामा सहजीकरण गर्दै दुबैतर्फको हवाई सेवा सञ्चालन गरिने भएको हो । तर, सार्वजनिक यातायात बन्द गरिने छ ।
निर्वाचन आयोगले बुधबार गृह मन्त्रालयलाई पत्र लेख्दै हवाई उडान यथावत सञ्चालनको वातावरण बनाउन भनेको थियो । त्यसैअनुरुप उच्चस्तरीय सुरक्ष समिति बैठकले निर्णय कार्यान्वयनमा लैजाने निर्णय भएको हो । विगतमा निर्वाचनका दिन वाह्य उडान भएपनि आन्तरिक उडान भने रोक्ने गरिएको थियो । त्यसैअनुसार नेपाल पर्यटन बोर्डले ट्राभल एडभाइजरी जारी गर्ने गथ्र्यो ।
आन्तरिक र अन्तर्राष्ट्रिय उडानको टिकट भएका यात्रुलाई विमानस्थलदेखि घररबसोबास गर्ने होटलसम्म र बसोबास स्थलदेखि विमानस्थलसम्म यात्रा गर्दा निजी तथा सम्बन्धित एयरलाइन्सले उपलब्ध गराएको सवारीसाधन प्रयोग गर्नुपर्ने छ । उता, निर्वाचनको अघिल्लो दिन राति १२ बजेदेखी निर्वाचन नसकिँदासम्म सार्वजनिक यातायात सञ्चालनमा रोक लगाईएको छ । अन्य सवारीसाधनहरु सञ्चालन गर्नुपरेमा सम्वन्धित जिल्ला प्रशासन कार्यालयबाट अनुमति लिनुपर्ने व्यवस्था गरिएको छ । आयोगको निर्णयअनसार सुरक्षा समितिले आजकै मितिदेखी निर्वाचन परिणाम नआउँदासम्म मदिरा प्रयोगमा रोक लगाएको छ । ‘मतदानको मितिभन्दा सात दिन अगाडिदेखि निर्वाचनको अन्तिम परिणाम घोषणा नभएसम्म मादक पदार्थ बिक्री–वितरण तथा सेवनमा प्रतिबन्ध लगाउने’ निर्णय भएको छ । फागुन २१ गते बिहान ७ बजेदेखि मतदान सुरु हुनेछ ।