लगातार बढ्दै नेप्से, कारोबार रकम पनि वृद्धि
बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ । आज ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
काठमाडौं । बुधबार नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक १०.३० अंकले बढेर २६४८.९० विन्दुमा पुगेको छ । नेप्सेसँगै यस दिन कारोबार रकम पनि सामान्य बढेको छ । अघिल्लो कारोबार दिन अर्थात मंगलबार ४ अर्ब २३ करोड रुपैयाँबराबरको सेयर खरिदबिक्री भएको बजारमा आज ३३३ स्टकको ४८ हजार ६४० पटकको कारोबारमा ४ अर्ब ४५ करोड ११ लाख ४९ हजार रुपैयाँबराबरको १ करोड ४ लाख ५६ हजार कित्ता सेयर खरिदबिक्री भएको छ ।
आज दुई स्टकको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको छ । यस दिन सालपा विकास बैंक र रिलायन्स स्पिनिङ्ग मिल्सको सेयर सकारात्मक सर्किट लेभलमा कारोबार भएको हो । विन नेपाल लघुवित्त वित्तीय संस्था को सेयर मूल्य ९ प्रतिशतभन्दा बढी बढ्दा सुपरमाई हाइड्रोपावर को सेयर पनि ९ प्रतिशतभन्दा बढीले उकालो लागेको छ ।
यता हिमालयन पावर पार्टनर को सेयर मूल्य सर्वाधिक ५.९८ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आँखु खोला जलविद्युत कम्पनी शीर्ष स्थानमा रहँदै २८ करोड ६९ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि ङादी ग्रुप पावर को करिब २५ करोड रुपैयाँ र एसवाई प्यानल नेपाल को २३ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ ।
बुधबार कारोबारमा आएकामध्ये १५७ कम्पनीको सेयर मूल्य बढ्दा ९० कम्पनीको घटेको छ । यस्तै, १३ कम्पनीको सेयर मूल्य भने स्थिर छ ।